नेपाल चिकित्सक संघ (एनएमए) जनकपुर शाखाको निर्वाचन सम्पन्न : अध्यक्षमा डा.रामजी यादव विजय

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल चिकित्सक संघ (एनएमए) जनकपुर शाखाको निर्वाचन सम्पन्न  भएको छ।  निर्वाचनमा अध्यक्ष पदमा डा.रामजी यादव विजय भएका छन्  । उनले २९७ मतले  विजय प्राप्त गरेका हुन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ सर्वाधिक ३११ मत ल्याई विजयी भएका हुन भने  उपाध्यक्षमा यसअधि नै सर्वसम्मतिले डा.अश्विनि कुमार झा चुनिएका थिए। सहसचिबमा डा. रतिश सिंह र सहकोषाध्यक्षमा  डा अमित कुमार यादव पनि सर्वसम्मतिमै चुनिएका हुन्।

त्यस्तै  महासचिवमा डा.रामज्ञान यादव(२९८),कोषाध्यक्षमा डा.राजेश कुमार साह(२५०) मत ल्याएर विजयी भएका छन ।

सोमबार जनकपुरधाममा समपन्न निर्वाचनमा सदस्यहरुमा डा.बिपिन कुमार यादव (२६८),डा.देव नारायण साह(२३५),डा.रविरञ्जन प्रधान(२५१),डा.ऋषिकेश प्रताप साह(२३०)र डा. विजय कुमार साह(३००),डा.विभाष गोइत(१७५ ) मत ल्यायी विजयी भएको जानकारी डा. बिपिन कुमार यादवले कालोपाटीलाई बताए   ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्