रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

Ad
  • कालोपाटी सम्बाददाता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नु भएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले  जानकारी दिए  ।

रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,” उनले  भने  ।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको  भनाइ छ ।

रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले  तर्क गरे  ।

रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गरेका हुन् ।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ ।

अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्