आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०६/१४ देखि २०७९/०६/१६)

Ad
  • कालोपाटी सम्बाददाता

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान साखाले  बताएको छ।।

हाल मौसमको अवस्था

हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

२०७९ असोज १४ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।

२०७९ असोज १५ गते (शनिबार)

दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।

२०७९ असोज १६ गते (आईतबार)

दिउँसो :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको

मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान साखाले  बताएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्