आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/०६/२८ देखि २०७९/०६/३०)

Ad
  • कालोपाटी सम्बाददाता

हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

हाल मौसमको अवस्था 

हाल प्रदेश १ लगाएत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

 २०७९ असोज २ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  : प्रदेश १ मा आंशिक बदली रही बाँकी  प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ असोज २ गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ असोज ३० गते  (आइतबार)

दिउँसो :  सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशको पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरोको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्