गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा छन्  । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीबाट लुम्बिनी प्रदेशसभाका लागि चार जना निर्वाचित हुनेछन्  । यहाँ ३९ उम्मेदवार चुनावी मैदानमा छन्  ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा मुख्य दुई प्रतिस्पर्धी छन्  । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संयोजक सुदर्शन बराल सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारछन्  ।उनीसंग  नेकपा एमालेका चिन्तामणि पाण्डेको मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । यहाँ यी दुईबाहेक आठ जना चुनावी मैदानमा छन्  ।

बराल आफू निर्वाचनमा विजयी हुनेमा ढुक्क भएको दाबी गर्छन  । बराल मुख्यमन्त्रीको दाउमा छन्  तर, यसका लागि उनले  पार्टीको निर्णय र अहिले गठबन्धनको समेत निर्णय कुर्नुपर्ने बताए  । पहिले आफू चुनाव जित्ने त्यसपछि मुख्यमन्त्रीका लागि कसरत गर्ने उनी बताउछन्  । उनले  सिङ्गो लुम्बिनी प्रदेशमा सुशासन, समुन्नति र विकासका पूर्वाधारलाई तीव्र अगाडि बढाउने आफ्नो एजेण्डा रहेको बताए  ।उनीसंग  प्रतिस्पर्धीमा रहनुभएका नेकपा एमालेका पाण्डेले एमालेको बलियो सङ्गठन, आफू जनताको जीविकोपार्जन र अनुभवका कारण आफू जित्ने दाबी गर्छन्  ।

यही निर्वाचन क्षेत्रको प्रदेशसभा (२) मा पनि मुख्य दुई प्रतिस्पर्धी हुनुहुन्छ । यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डे मुख्य प्रतिस्पर्धी छन्  । यी दुईबाहेक यहाँ नौ जना चुनावी मैदानमा छन् । कार्कीले विकासमा पछाडि रहेको गुल्मीलाई हरेक क्षेत्रबाट विकास गर्ने दाबी गर्छन  । पाण्डेले नेकपा एमालेको केन्द्रीय नीतिअनुसार विकास गर्ने बताउछन् ।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा रोचक प्रतिस्पर्धा हुनेछ । यहाँ २५ वर्षअघिदेखि प्रतिस्पर्धामा रहनुभएका भुवनप्रसाद श्रेष्ठ र डिल्लीराज भुसालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक यहाँ आठ जना चुनावी मैदानमा छन्  ।

सत्तारुढ गठबन्धनबाट कांग्रेसका श्रेष्ठ र एमालेबाट भुसालबीचको प्रतिस्पर्धा २०५४ सालदेखि हो । विसं २०५४ र २०५६ मा गाविस अध्यक्षमा भुसाललाई पराजित गर्दै विजयी हासिल गर्नुभएका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा भुसालसँग पराजित भएका थिए  । २०७४ को हारलाई बदला लिने दाउमा श्रेष्ठ हुनुहुन्छ भने आत्मबलसहित चुनाव जित्नेमा ढुक्क भुसाल छन्  ।

श्रेष्ठले आफू जितेपछि मन्त्री हुनेमा शङ्का नरहेको दाबी गर्दै आफ्नो निर्वाचन क्षेत्रसहित प्रदेशभर विकासका नमुना काम गरेर प्रदेश तहको औचित्य पुष्टि गर्ने बताउछन्  । भुसालले एमालेको बलियो सङ्गठन र नगरमा सफल कार्यकाल भएकोले जित्ने दाबी गर्छन  ।

यही निर्वाचन क्षेत्रको प्रदेशसभा (२) को निर्वाचन पनि रोचकताका साथ हेरिएको छ । यहाँ पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । सत्तारुढ गठबन्धको तर्फबाट माओवादीका बुद्धि जिसी र एमालेका दिनेश पन्थी प्रतिस्पर्धामा छन्  । यी दुईबाहेक यहाँ छ जना चुनावी मैदानमा छन्  ।

माओवादीमा सँगै रहनुभएका दुई नेतामध्ये पन्थी नेकपा विभाजन हुँदा एमालेमै रहेका थिए  । जिसी आफूले तल्लो तहका नागरिकको समस्या बुझेकोले आफू विजयी हुने दाबी गर्छन  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्