सुदूरपश्चिम : मतदान सुरु

lekhraj_bhatta
Ad
  • कालोपाटी सम्बाददाता

निर्धारित समयतालिका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि र प्रदेश सदस्यका लागि मतदान सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार बिहान ७ बजेदेखि कैलाली, कञ्चनपुरलगायत सात पहाडी जिल्लामा तोकिएका मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन् । सोह्र प्रतिनिधिसभा र ३२ प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको सिट रहेको सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र कैलाली र यसपछि कञ्चनपुरमा छन् ।

मतदातासंगै  डडेलधुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र अछामबाट श्रममन्त्री शेरबहादुर कुँवरले मतदान गर्नेछन्  । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले नौवटै जिल्लामा मतदान सुरु भएको बताए  ।

उनले  आयोगले तोकिएका मतदान तालिकाअनुसार नै यहाँ बेलुकी ५ बजेसम्म मतदानका लागि समय दिइएको बताए  । सुदूरपश्चिममा आज १६ लाख ५६ हजार चार मतदाताले मतदान गर्नेछन् । मतदानका लागि यहाँ भारतलगायत विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली घर आएका छन् । यहाँ भारतसित सीमा जोडिएका नाका पूर्णरुपले बन्द गरिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोला रावलले नौवटै जिल्लामा शान्तपूर्ण वातावरणमा निर्वाचन सुरु भइसककेो बताउनुभयो । सुदूरपश्चिमभरी नेपाल प्रहरी र म्यादी प्रहरी मात्रै साढे १८ हजार परिचालन भएको छ ।

सेना र सशस्त्र प्रहरीसमेत प्रदेशभरि निर्वाचन सुरक्षाका लागि परिचालन भएको छ”, उनले भने , “मतदानस्थल विभिन्न सुरक्षा घेरामा नागरिकले भयरहित वातावरणमा मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्