उत्कृष्ट करदाता सम्मानित

aasalaghubitta
Ad
  • कालोपाटी सम्बाददाता

नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन् करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको ओम शिवशक्ति सप्लायर्सका सञ्चालक राजेन्द्र श्रेष्ठ र सार्वजनिक संस्थातर्फ नुवाकोटको ककनी गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो ।

कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार सर्वाधिक कर तिर्ने करदातालाई प्रोत्साहन र उद्योगी÷प्रतिष्ठानलाई करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्यअनुरुप राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित यो वर्ष मनाइएको कर सप्ताह आमनिर्वाचनका कारण नियमित कार्यक्रम प्रभावित भए पनि करको दायरासम्बन्धी अन्तक्र्रिया, छलफल, कर शिक्षा प्रवाहसहित उत्कृष्ट करदातालाई सम्मान गरेर मनाइएको छ । नेपालमा विसं २०५४ मा आधुनिक करको रूपमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएसँगै यसलाई दिवससहित सप्ताहव्यापीरूपमा मनाउन थालिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्