कर्णाली प्रदेशसभा : नयाँ अनुहारको वर्चश्व

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका  छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका  छन्  । उनले  नेकपा (एमाले)का छक्कबहादुर लामालाई हराउनुभएको हो । उहाँ यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए  । यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा () बाट वीरबहादुर शाही र सुर्खेत २ () बाट नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट रहेका  थिए  । एमालेका संसदीय दलका नेतासमेत रहनुभएका यामलाल कँडेल सुर्खेत २ () बाट निर्वाचित भएका  छन्  । प्रदेश () मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ उहाँ यसअघि प्रतिनिधिसभा सदस्यसमेत थिए  । उनले  एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन्  ।

यस्तै दैलेख २ () मा एमालेका विनोदकुमार शाह विजयी भएका  छन्  । उनले  केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरेका  हुन्  । उनी  यसअघि प्रतिनिधिसभा सदस्यसमेत भइसकेका  छन्  ।

कालीकोट प्रदेशसभा () बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भएका  छन्  ।उनी  यसअधि प्रतिनिधिसभा सदस्यसमेत थिए  । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका  हुन्  । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहेका  छन्  । सुर्खेत १ () बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दै छन्  । उनी  एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका  हुन्  ।

यस्तै, () का कृष्ण जिसी पनि नयाँ अनुहार छन्  । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरेका  छन्  । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दै छन्  । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहुनुभएका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ () मा पराजित गरेका  हुन्  ।

यस्तै, दैलेख १ () बाट कांग्रेसका पूर्णबहादुर खत्री र () बाट कृष्ण बिसी विजयी भएका  छन्  । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरेका  हुन्  । सल्यान () बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका  छन्  । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे  भने () मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरेका छन्  ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका  छन्  । रुकुम पश्चिम प्रदेशसभा () मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरेका  छन्  । यस्तै () मा राजकुमार शर्मा विजयी भएका  छन्  ।उनले  एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे  । जाजरकोट प्रदेशसभा () मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भएका  छन्  ।

कालीकोट प्रदेशसभा () मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका  छन्  । उनले  एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका  छन्  । डोल्पा प्रदेशसभा () मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए  ।

हुम्ला प्रदेशसभा () बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए  । यस्तै मुगु () मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे  । यस्तै, मुगु () मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भएका  छन्  । उनले  एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका  छन्  ।

यस्तै, जुम्ला प्रदेशसभा () मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भएका  छन्  । उनले  कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरेका  छन्  । यस्तै जुम्ला () मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्