नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।
त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली बोलाइको छ ।