लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस क्षेत्रको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्  ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पु¥याएको बतायिन् ।

परिर्वतनबाट प्राप्त उपलब्धि संस्थागत गर्न चुनौती बढेको छ,” उनले  भनिन् , “यसका लागि प्रेस क्षेत्रको भूमिका महत्वपूर्ण छ ।”

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासङ्घको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन्   ।

राष्ट्रपति भण्डारीले महासङ्घको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गरिन् ।

साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरे  ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेकोबताए  ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले जनाए  ।

प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,” महासचिव पोखरलले भने , “यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।”

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उनले जनाए  ।

नेकपा (एकीकृत समाजवादी) नेता जगन्नाथ खतिवडाले राजनीतिक सङ्कट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए  । साथै लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरु एक हुनुपर्नेमा जोड दिए  ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए  । साथै महासंङ्घका पूर्व अध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरुप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको बताए  । पूर्व सभापतिद्वयले

साधारणसभामा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई एक लाख नगद राशी रहेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, सुर्खेतका माया थापाले रु २० हजार राशीको गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो भने साधारणसभामा करिब दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्