प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सरेका हुन् ।
अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।