नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका  छन्  ।

आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ () बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका  हुन्  ।

नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत हुन्  । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र)का नौ जना प्रदेशसभा सदस्यले उहाँलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्