प्रधानमन्त्री प्रचण्ड पोखरा जाने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक पछि उनी पोखरा जाने भएका हुन्। आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने ५३ जना नेपाली यात्रु रहेका थिए ।