यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव फेला : प्राधिकरणद्वारा २९ जनाको मृत्यु भएको पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । तर  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो ।

आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो  ।

दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । नागरिक उड्डयन प्राधिकरण अनुसार  बिमानमा ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र १ जना अर्जेन्टिनी नागरिक रहेका थिए भने  ५३ जना नेपाली यात्रु रहेका थिए ।

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्