एमालेले टुंग्यायो मन्त्रीहरुको नाम , को को बन्दै छन् त मन्त्रीहरु ?

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली आएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको हो । एमालेबाट आज थपिने मन्त्रीहरूमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी रहेका छन् । उनीहरू चारै  जना यसअघि मन्त्री बनेका थिएनन् ।

त्यसैगरी दुई राज्यमन्त्रीमा  रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्ताको नाम आएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्