प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

rekhasarma
Ad
  • कालोपाटी सम्बाददाता

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना÷प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएका  छन्  ।

सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माणलगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दियिन   । मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पारिन्   । राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासाहरु आफैँ समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो ।

विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरु लैजान पनि महिनौँसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उहाँले जोड दियिन्  ।उनले  यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरु सिक्नुपर्ने आवश्यकता रहेको बतायिन्  । विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भनिन् , “एक व्यक्ति आफैँ सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ ।” त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उनले  विश्वास व्यक्त गरिन्  ।

उनले थपिन , “मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् ? मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छ ? गाँठो फुकाउनुपर्ने कुराहरु के छ ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढङ्गले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्