नाबालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो।
जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।
जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गर्न उनी अहिले जेलमा छन् ।