उपमहासचिव पुन डिस्चार्ज

Ad
  • कालोपाटी सम्बाददाता

चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज भएका  छन्  ।

वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उनको  सचिवालयले जनाएको छ ।

माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्