गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका  छन्  ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त भएका  हुन्  । मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन्  ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले आजै शपथ लिएका  छन्  । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका  थिए  । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल उनी काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्