रवि लामिछानेले लिए नेपाली नागरिकता

RaviLamichhane_20220817122429
Ad
  • कालोपाटी सम्बाददाता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उनले  दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका  हुन्  ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उहाँले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो।

उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएका  हुन् । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्