मनसुन न्यून चापिय रेखा  नेपालको तराई भू-भागमा अवस्थित : पश्चिमका एक वा दुई स्थानमा भारि वर्षा हुने

Ad
  • कालोपाटी सम्बाददाता

मनसुन न्यून चापिय रेखा  नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको  छ ।

देशभर समग्र मौसमको अवस्था :

हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।

आगामि तीन दिनको मौसम पूर्वानुमान :

असार २९ गते (आईतबार)

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३० गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा  हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।

असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा  हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको  सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्