सांसद अरुण चौधरी जेल चलान

kailalijillaadalat
Ad
  • कालोपाटी सम्बाददाता

कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका हुन् ।

२०६६ सालमा  ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले उनलाई विहीबार बाँकेबाट पक्राउ गरेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्