चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन

Ad
  • कालोपाटी सम्बाददाता

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए  तर नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्