कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

chandrabhandari
Ad
  • कालोपाटी सम्बाददाता

ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएका हुन्  ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँ गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए  ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका  थिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्