आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७९/११/०६ देखि २०७९/११/०८)

Ad
  • कालोपाटी सम्बाददाता

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था 

प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ फागुन ६ गते (शनिबार)

दिउँसोː प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

रातीː  देशको पहाडी भू-भागमा  आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ फागुन ७ गते (आइतबार)

दिउँसोː प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ फागुन ८ गते (सोमबार)

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्