राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन– अध्यक्ष नेपाल

madhavkumarnepal
Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन्  ।

पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलका सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको बताए  ।

शक्तिको बाँडफाँटमा पार्टीको भूमिका हुनुपर्ने भन्दै उनले  पछिल्लोपटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका विषयमा सञ्चारमाध्यममा आएका समाचारका पछाडि नलाग्न आग्रह गरे  ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षपछि आफ्नो भेटवार्ता भएको जानकारी गराउँदै उनले  कम्युनिष्ट एकताका साथै राष्ट्रपति निर्वाचनमा सर्वसम्मत पात्र खोज्ने विषयमा सामान्य छलफल भएको प्रष्ट पारे  ।

अध्यक्ष नेपालले राजनीतिक उपलब्धिको रक्षा र राष्ट्रको समस्या समाधानमा पार्टी केन्द्रित रहेको बताए  । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उनले  छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्