एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

Subash-Nembang
Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए  ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका  थिए  । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्