एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी

subashnemwang
Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन्  । उनको  उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका  थिए  ।

उनको  प्रस्तावकमा अध्यक्ष ओली ,नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्  । यसैगरी उनको  समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्  ।

इलाम नगरपालिका७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए  । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हँुदै हाल उपाध्यक्ष छन्  । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बनेका  उनले  त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका  थिए  । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम२ बाट निर्वाचित भएका  थिए  ।

प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए  ।

उनी  विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका  थिए  । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उनी  सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए  ।

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) थिए। 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्