महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल

prachanda
Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन्  ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले  महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पारे  ।

प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हँुदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताए  ।

संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले  भने , “महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताए  । महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उनले  स्मरण गरे  ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताए  । उनले  संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताए  ।

मन्त्री शर्माले पछिल्लो समयमा तीव्ररूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिए  । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहुआयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरूद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताए  ।

राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले आयोगले महिलाको हक, अधिकारको रक्षा गर्ने काम गरिरहेको बताए  । महिला मन्त्रालयका विज्ञ सदस्य सविन श्रेष्ठले ‘नेपालमा लैङ्गिक समानताको यात्रा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यपत्रमा परराष्ट, न्याय, सुरक्षाको क्षेत्रमा महिलाको सहभागिता बढदै गएको उल्लेख छ । कार्यक्रममा शक्ति समूहको तर्फबाट हरेक क्षेत्रमा महिलाले काम गर्न सक्छन् भन्ने सन्देशमूलक नृत्य प्रस्तुत गरिएको थियोे ।

लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्