सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेसनमा समस्या, बीच बाटोबाटै फर्कियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं नै  फर्किएको छ । इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअवतरण भएको छ। विमानमा ६२ जना यात्रु सवार थिए ।

तस्बिर : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्