‘रास्वपा सरकारमा जानु समयको माग’

RaSwaPa
Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्  ।

चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आउनुभएका अर्यालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए  । सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले  सरकारमा जान आतुर भने नभएको बताए  ।

सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ”, उनले  भने  । सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले  बताए  । सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ ।

संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले  रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताए  । संसद्मा आफ्नो पार्टीबाट सांसदको प्रस्तुति फरक रहेको भन्दै उहाँले संसदमा बोल्दा विषयवस्तु माथि टेकेर बोल्ने गरेको बताए  ।
–––

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्