प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

ramchandra
Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्  । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए  ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन्  ।

तस्बिर : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्