प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरायका छन्  ।

बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सातदेखि दश दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । “लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ”, अध्यक्ष घिमिरेले भने , “सातदेखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्तको प्रक्रिया अघि बढाउन आग्रह गर्छु ।”

उनले प्रधानमन्त्री, सभामुखलगायतको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायाधीश नियुक्ति नगरेर न्यायपालिकालाई लामो समय नेतृत्वविहीन बनाइएकोप्रति सैह्य नभएको बताए । प्रधानन्यायाधीश छिटो नियुक्तीबारे ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने र आफूहरुले दिएको समयसीमाबारे जानकारी गराउने समेत उनको भनाइ छ ।

उनले न्यायापालिकाको भ्रष्टाचार, विकृति–विसङ्गति अन्त्य गर्नका लागि तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत माग गरे । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतमा पाँच, उच्च अदालतमा ५० र जिल्ला अदालत चार न्यायाधीश पद रिक्त रहेको उनले बताए ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले अविलम्ब प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरे । उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया ढिलाइ हुँदा समग्र न्यायापालिकामा असर परेको बताए ।

बारले न्यायपालिकाको विकृति, विसङ्गतिको अन्त्य सम्बन्धमा, पेसी व्यवस्थापन पूर्ण स्वचालित प्रणालीद्वारा गर्ने, पूर्वप्रधानन्यायाधीशउपरको विचाराधीन महाभियोग प्रस्तावलाई अन्तिम किनारा लगाउने र न्यायाधीश नियुक्ति मापदण्ड खारेज गरी सल्लाह सुझावमा वैज्ञानिक पद्धति अपनाउन माग गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्