बालुवाटारमा गोली चल्यो, माओवादी नेता वर्षमान पुनको आमा घाइते

Ad
  • कालोपाटी सम्बाददाता

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।  गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश मगरले गोली चलाएका हुन् । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन्  र हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत  पनि हुन् । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्