कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट

Ad
  • कालोपाटी सम्बाददाता

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्