एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ ।

यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिने हुनेछ ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ । यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्