युपीको बरेलीको रासायनिक कारखानामा भीषण आगलागी

Ad
  • कालोपाटी सम्बाददाता

उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको छ।
विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ । छ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ।
यस हप्ताको सशुरुमा बुधबार युपीको बरेलीको जेरह गाउँमा दिल्ली-लखनऊ राष्ट्रिय राजमार्ग नजिकै अशोक फोम प्राइभेट लिमिटेडको कारखानामा आगलागी हुँदा चार मजदुरको मृत्यु भएको थियो र अन्य छ जना जलेर घाइते भएका थिए ।
आगलागी हुँदा भवनभित्र १०० भन्दा बढी कामदार रहेको बताइएको छ । घटनाको सम्बन्धमा कम्पनीका मालिक र अन्य चार जनालाई मुद्दा दर्ता गरिएको छ युपी प्रहरूले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्