नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी रिहा

rastrapatibhawan
Ad
  • कालोपाटी सम्बाददाता

कैलालीको टीकापुर घटनामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी आज गणतन्त्र दिवसका अवसरमा जेलमुक्त भएका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएपछि उहाँ डिल्लीबजारस्थित सदरखोरबाट रिहा भएका हुन्  ।

चौधरीको रिहाइपछि उनीसम्बद्ध पार्टीका नेता कार्यकर्ता एवं सुभेच्छुकले स्वागत गरेका थिए  । जेलमुक्त भएपछि चौधरीले माइतीघरमण्डलामा पुगेर नेता कार्यकर्तामाझ खुसी आदनप्रदान गरेका थिए  । उनी भेटघाटका लागि केहीबेर अघि कैलाली पुगेका छन्  ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनाको दोषी ठहर गर्दै चौधरीलाई जम्मकैदको सजाय हुनेगरी अदालतले फैसला गरेको थियो । राष्ट्रपति पौडेलले यही जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई कैद सजाय माफी दिएका हुन्  । विभिन्न अदालतबाट विभिन्न समयमा भएका फैसलाबमोजिम उनीहरुको कैद सजाय माफ गरिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्