पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

Ad
  • कालोपाटी सम्बाददाता

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। पदमा रहँदा  भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीमाथि एक करोड ४४ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्