एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्केका छन्  । उनी यही साउन २ सोमबार निर्वाचन पर्यवेक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए  । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित छ जनाको सहभागिता रहेको थियो ।

कम्बोडिया अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए  । साथै श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गर्नुभएको एमाले सचिवालयले जानकारी दिएको छ । साथै उहाँले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्