रसुवागढी नाकाबाट चार महिनामा अवैद तस्करी गर्ने ८ जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रसुवागढी नाकाबाट चार महिनामा अवैद तस्करी गर्ने ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका ८ जनालाई  नियन्त्रणमा लिएको हो ।

प्रकाउ परेका व्यक्तिहरुबाट ३ करोड ३१ लाख ८१ हजार १ सय ९८ बराबरको सामग्री बरामद भएको थियो । बरामद भएको सामग्रीको कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिएका छन् ।

त्यस्तै, चीनबाट आयात गरेका सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया तथा केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको बुढाथोकीले बताएका छन् । रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् ।

प्रहरीले गत वर्ष  १ करोड ५१ लाख ५६ हजार २ सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेश गरेको छ ।

यसरी पेश भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध रहेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्