भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ डाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचार भइरहेको थियो ।

यस्तै, उपचारका क्रममा आज आइतबार उक्त व्यक्तिको बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरीले निस्दि-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ ।

सो घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्