जाजरकोट भूकम्प: ९ करोड बराबरको खाद्यान्न क्षति, कार्यालयद्धारा खाद्यान्न भण्डारण गर्न आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जाजरकोट भूकम्पबाट ९ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५ सय १ घरमा भण्डारण गरेको ९ करोड २६ लाख ५८ हजार ९ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

यस्तै, गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५ सय १ घरमा भण्डारण गरेको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको हो । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७ सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

जाजरकोट भूकम्पले जिल्लाभर ५ करोड ४१ लाख ४२ हजार १ सय ७२ रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमामात्र भूकम्पबाट ९० हजार ५ सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ । खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो । कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रहसमेत गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्