बर्दियाबाट २९.७६ तोला सुनसहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बर्दियाबाट प्रहरीले २९.७६ तोला सुनसहित दुई जनालाई पक्राउ गरेका छ । बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका-१९ बस्ने २९ बर्षिय मोहन विक र राप्तिसोनारी गाउँपालिका-२ का ३८ वर्षीय देबिन्द्रबहादुर घर्ती पक्राउ परेका हुन् ।

प्रहरीले उक्त व्यक्तिहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्र-३-०१-०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो । चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटेका थिए । हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने विक र सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्