सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सङ्घीय संसद्का महासचिव गौतमले राजीनामा दिएका छन् । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

महासचिव डा.गौतम विसं २०५१ सालमा सेवामा प्रवेश गरेका थिए भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए । उनले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । गौतमले

त्यस्तै, रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्