अर्थ मन्त्रालयमा फेरियो ६ जना सहसचिवको जिम्मेवारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थ मन्त्रालयमा ६ जना सहसचिवहरुको जिम्मेवारी फेरिएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको जिम्मेवारी फेरिएको हो ।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ । सहसचिव अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् ।

यस्तै, पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएको छ । सहसिचव महेश बरालले अब कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्ने भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्