संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयलाई !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी दिएका छन् । उनले बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँगको परामर्शमा प्रतिनिधिसभाका सचिव पाण्डेयलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि संसद्को महासचिवको सेवा सुविधा पाउने गरी जिम्मेवारी तोकेका हुन् ।

महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए । प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्