टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा बुधबार पनि ‘हेर्न नभ्याइने’मा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि बुधबार पनि ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेशी तोकिएको थियो । यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज पनि ‘हेर्न नभ्याइने’ मा परेको हो ।

यो मुद्दा ३०औँ नम्बरमा थियो । त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो । यसअघि मङ्सिर १९ गते पेशी तोकिएको थियो । त्यतिवेला पनि ‘हेर्न नभ्याइने’ मै परेको थियो ।

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइँटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्सिर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्