बुधबार नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक २.६० अङ्कले बढेर १९८८.४ विन्दु कायम भएको हो ।

आज नेप्सेमा २ सय ९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर ८१ हजार ४ सय ५१ पटक खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.६२, जीवन बीमा समूह १.१४, निर्जीवन बीमा समूह १.३१ र व्यापार समूह ०.८ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह १.१५ र लघुवित्त समूह ०.८३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ५.६९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार १ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको ७ लाख ३ हजार ९२ कित्ता सेयर किनबेच भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्