महेन्द्रनगरमा निषेधाज्ञा जारी !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुन:स्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा (आज) बिहिबार विहानदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सालिक पुन:स्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखिएको छ ।

उनले सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्